शीतला माध्यमिक विद्यालयमा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न

नेपाली प्रगतिवादी साहित्यका विशिष्ट प्रतिभा कृष्ण सेन इच्छुकको सम्झनामा स्थापित संस्था इच्छुक सांस्कृतिक प्रतिष्ठान र शीतला माध्यमिक विद्यालयको संयुक्त आयोजनामा मिति: २०८० असार ६ गते बुधवार शीतला माध्यमिक विद्यालय, बालाजु हाइट, काठमाडौँको सभा हलमा प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भयो।
इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष वरिष्ठ मार्क्सवादी समालोचक प्रा।डा। ताराकान्त पाण्डेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य(सचिव प्रगतिवादी लेखक मित्रलाल पङ्गेनी, प्रा।डा। जगदीशचन्द्र भण्डारी, साहित्यकार डा। छायादत्त न्यौपाने, साहित्यकार गौरी देवकोटा लगायत संस्थाका सदस्यहरू, विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारी, विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो ।

दिउसो २ बजेबाट सुरु भएको उक्त कार्यक्रम गौरी देवकोटाले सञ्चालन गर्नुभएको थियो भने प्रा।डा। जगदीश चन्द्र भण्डारी, साहित्यकार डा। छायादत्त न्यौपाने र शिक्षक लेखनाथ निरौलाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । कक्षा ८ देखि १० सम्मका २६ जना प्रतियोगी विद्यार्थीहरूले भाग लिएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विद्यालयका सहायक प्रधानाध्यापक ईश्वरी अधिकारीले यस्ता कार्यक्रमले विद्यार्थीको रचनात्मक क्षमता विकास गर्न सहयोग गर्ने कुरा उल्लेख गर्नुभयो। कार्यक्रममा मित्रलाल पज्ञानी, जगदीश चन्द्र भण्डारी तथा गौरी देवकोटाले विद्यार्थीलाई उत्प्रेरित गर्न आ(आफ्ना कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरू मध्ये सङ्गीता बोहरा, शसान्त दाहाल, रश्मि राई तथा पुष्पा लामाले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए। विजेता विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष प्रा डा ताराकान्त पाण्डेले इच्छुक एक प्रगतिवादी, क्रान्तिकारी सर्जक रहेको भन्दै उनको साहित्यिक र सांस्कृतिक योगदानको चर्चा गर्दै आयोजक र सहभागी सबैलाई धन्यवाद दिनुभयो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस