राष्ट्रिय दैनिकमा पत्रकारमार्फत विज्ञापन प्रकाशन गर्न/गराउन पहल गर्ने प्रेस युनियनको निर्णय 


न्युज कारखाना 

खोटाङ, ७ असार

नेपाल प्रेस युनियन शाखा खोटाङले राष्ट्रिय दैनिकमा छाप्नुपर्ने सुचना तथा विज्ञापन जिल्लाकै पत्रकारमार्फत प्रकाशन गर्न/गराउन पहल गर्ने निर्णय गरेको छ । सातौं जिल्ला अधिवेशन तथा १० औं साधारण सभापछि बसेको पहिलो बैठकले जिल्लाका स्थानीय तह, वडा कार्यालय तथा विभिन्न सरकारी कार्यालयले राष्ट्रिय दैनिकमा प्रकाशन गर्ने सुचना तथा विज्ञापन जिल्लाकै पत्रकार तथा एजेन्सीमार्फत प्रकाशन गर्न गराउन पहल गर्ने निर्णय गरेको हो । 

   

साधारणसभामै कर्मचारीले कमिसनको लोभमा टेन्डर आह्वान लगायतका विज्ञापन जिल्ला बाहिरका एजेन्सीमार्फत छाप्ने गरेको तर जिल्लाका पत्रकारमार्फत सञ्चालित विज्ञापन एजेन्सीलाई सो सुविधाबाट बञ्चित गराएको आवाज उठेपछि पहिलो बैठकबाट राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्ने विज्ञापन तथा सूचना जिल्लाकै पत्रकारलाई उपलव्ध गराउन पहल गर्ने निर्णय गरिएको नेपाल प्रेस युनियन शाखा खोटाङका अध्यक्ष उत्तम चौंलागाईले बताए । ‘जिल्लाका १० स्थानीय तह, ७९ वडा कार्यालय र विभिन्न सरकारी कार्यालयबाट वार्षिक करोडौंको विज्ञापन प्रकाशन हुने गरेको छ तर त्यी विज्ञापनबाट जिल्लाका एजेन्सी वा पत्रकारलाई बञ्चित गराइएको छ,’ अध्यक्ष चौलागाईले भने, ‘टेण्डर आह्वान, वोलपत्र लगायतका राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकामा छाप्नुपर्ने विज्ञापन अब जिल्लाकै एजेन्सी तथा पत्रकारमार्फत छाप्ने वातावरण बनाउन जनप्रतिनिधि, कर्मचारी तथा विषयगत कार्यालयका प्रमुखलाई आग्रह गर्छौँ ।’ 

 

प्रेस युनियनले कर्मचारीमार्फत बाहिर जाने करोडौंका सूचना तथा विज्ञापनलाई जिल्लाको पत्रकार तथा एजेन्सीमार्फत पठाउने व्यवस्थाका लागि स्थानीय सरकारले पनि ध्यान दिन नसकेको औंल्याएको छ । ‘सूचना तथा विज्ञापन पत्रकार तथा सञ्चारमाध्यमका लागि राज्यले उपलव्ध गराएको सुविधा हो । तर, यहाँ वेथिति छ,’ चौलागाईंले भने, ‘कर्मचारीले यहाँका पत्रकारले थाहा पाउँछ भनेर सुटुक्कै बाहिरका एजेन्सीमार्फत विज्ञापन छाप्ने गरेका छन्, यसलाई रोक्न जिल्लाका सञ्चारकर्मीले विरोध र आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’ 

 

प्रेस युनियनले खोटाङमा सञ्चालनमा रहेका पत्रपत्रिका, अनलाइन तथा रेडियोको प्रवर्धनका लागि लोककल्याणकारी सूचना उपलव्ध गराउन पहल गर्ने निर्णय गरेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope