एसइईका विद्यार्थीका लागि भक्तपुरमा ओपन हाउस हुने


भक्तपुर, १५ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै भक्तपुरमा ओपन हाउस हुने भएको छ । असार १६ गते शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२३ हुने भएको हो । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछि के पढ्दा के हुन्छ भन्ने दिशानिर्देश गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलले जनाएको छ । कार्यक्रममा विद्यार्थीलाई मनोरञ्जन दिलाउन विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि रहेको स्कुलले जनाएको छ । 

स्कुलका प्रिन्सिपल केशर खुलालले कार्यक्रम  शनिबार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म दिनभर हुने जानकारी दिए । कार्यक्रम भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित स्कुल परिसरमा हुनेछ ।

कार्यक्रममा काठमाडौं, ललितपुर अनि भक्तपुरलगायतका विभिन्न जिल्लाबाट एसईई दिएर बसेका विद्यार्थीलाई निमन्त्रणा गरिएको जनाइएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यसका लागि विद्यार्थीले एसईई परीक्षाको प्रवेशपत्र लिएर आउनुपर्नेछ । साथै अन्य रुचि राख्ने विद्यार्थीले पनि स्कुलको अवलोकन भ्रमण गर्न पाउने छन् । 

का


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope