बाग्मती प्रदेश बैठक बस्दै, सहमति हुनेमा अझै आशंका
हेटौडा, १७ असार । बागमती प्रदेशसभाको बैठक बस्दैछ ।
प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक दिउसो २ बजे बोलाइएको छ ।
गत असार १ गते प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आथिर्क वर्ष २०८०/०८१ को बजेट माथिको छलफल अझै सुचारू हुन सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग सहमति कायम गरेर आजको बैठक सुचारू गराउने प्रयत्न रहने बाग्मती सरकारले जनाएको छ।
सो बजेटमाथि छलफलका लागि असार १३ गते आह्वान गरिएको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध गरे पछि ३ दिनका लागि स्थगित गरिएको थियो । उनीहरूकाे आराेप छ कि बजेट बिभेदकारी छ ।
तर, आजको बैठकमा सहमति कायम गरेर छलफल सुचारू गराउने योजनामा भने सरकार प्रतिबद् रहेकाे देखिएकाे छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस