सन्धिखर्ककाे रविचित्र मावि कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट


गोपालप्रसाद भट्टराई

अर्घाखाँची, २० असार । सन्धिखर्क-१ हटारीनेटामा रहेको युवावर्ष जनता रविचित्र माद्यमिक विद्यालय कार्यसम्पादनमा अर्घाखाँचीमै उत्कृष्ट भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गरेको मूल्याँकनमा रविचित्र मावि स्कुलको व्यवस्थापकिय तथा शैक्षिक कार्यमा  जिल्लामै उत्कृष्ट ठहरिएको हो ।
 

कार्यसम्पादनमा उत्कृष्ट भएपछि रविचित्र मा.वि.ले प्रोत्साहन स्वरूप ५ लाख रुपैयाँ पुरस्कार समेत हात पारेको छ । शैक्षिक गुणस्तर वृद्धि र चुस्त व्यवस्थापनमा हौसला मिलोस भन्ने हेतुले सरकारले उक्त राशी प्रदान गर्नेभएको हो ।
 

पछिल्लो समय सामुदायिक स्कुलको पढाई राम्रो नभएको भनी भैरहेको आलोचनालाई यो मुल्याँकनले गलत सावित गर्दिएको छ । सामुदायिक स्कुलमा आफुहरुले गरेको मिहिनेतको सरकारले गरेको सही मूल्याँकनले आफूहरूलाई उत्साहित बनाएको विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यको प्रतिक्रिया छ ।

सामुदायिक विद्यालयको मावितर्फ उत्कृष्ट योगदान गर्न सफल रविचित्र मा.वि.मा अहिले ८ सय जना विद्यार्थीले अध्ययन् गर्दै आएका छन् । कक्षा १ देखि ५ सम्म पूर्ण अङ्ग्रेजी माध्यम र ६ देखि ८ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गर्दै आएको यो स्कुलले कक्षा १२ सम्मको पढाई सन्चालन गर्दै आएको प्रधानाध्यापक आचार्यले जानकारी दिए ।

सामुदायिक स्कुलप्रतिको दृष्टिकोण परिवर्तन नहुदा र सबैलाई एउटै श्रेणीमा राख्दा विश्वास दिलाउन निकै कठिन परेको उनको भनाइ छ । कक्षा १ देखि १० सम्म प्रत्येक कक्षामा शेक्सन बाडेर पढाउदै आएको रविचित्रले ९ जना निजिस्रोतका शिक्षकबाट समेत पठनपाठन गराउदै आएको छ ।

हटारीनेटामा रहेको यो स्कुलमा सन्धिखर्कको अलवा, चुत्राबेसी, ढिकुरा, नुवाकोट, खाचिकोट, नरपानी, वाङ्गला, डिभर्ना, अर्घा, किमडाडा लगायतका स्थानबाट समेत विद्यार्थी पढ्न आउने गरेको विद्यालयले जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope