मल खरिद प्रक्रिया जी टू जी नै हुनुपर्छ : मन्त्री भुसाल
काठमाडौं, २१ असार । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले मल खरिद प्रक्रिया जी टू जीबाटै गर्नुपर्ने बताएका छन् ।
बिहीबार बसको संसदको अर्थ समितिको बैठकमा उनले मल अभाव हुन नदिन बजेट समयमै सुनिश्चित गर्नुपर्ने र खरिद प्रक्रिया जी टू जी हुनुपर्ने बताएका हुन् ।
खरिद प्रक्रिया लामो भएका कारण मल अभाव भएको भन्दै उनले जी टू जी प्रक्रियामा मल खरिद गर्नुपर्ने बताएका हुन् ।
मल खरिद प्रक्रियालाई सहज बनाउन खरिद ऐन संशोधनको लागि प्रस्ताव गरेको मन्त्री भुसालले जानकारी दिए ।
उनका अनुसार हाल कायम रहेको ४५ दिने टेन्डर प्रक्रियालाई १५ दिन गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस