विपद् उद्धारमा खट्न धनगढीका नगर प्रहरी तयार
मोहन जोशी/न्युज कारखाना
धनगढी, २२ असार । धनगढी उपमहानगरपालिकाले नगरमा हुने विपदका वेला उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आफ्नै नगर प्रहरीलाई तयार गर्न थालेको छ ।
नागरिकको सुरक्षालाई मध्यनजर गरेर नगर प्रहरीलाई विपदका वेला उद्धार कार्यमा खटिन सक्ने बनाउन धनगढीले विभिन्न तालिम प्रदान गरिरहेको हो ।
धनगढी उप महानगरपालिकाका विपद शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार वर्षायाममा बाढी र डुवानबाट हुने विपदको समयमा नागरिकको सुरक्षागर्न नगर प्रहरीलाई गोताखोर तालिम प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीसँग समन्वय गरेर नगर प्रहरीलाई बाढी तथा डुवानमा कसरी नागरिकको उद्धार गर्ने भन्ने बारेमा तालिम प्रादन गरिएको भण्डारीले बताए । ‘वर्षायाम सुरु भएपछि नगरका धेरै वस्ती डुवानको जोखिममा पर्ने गर्दछन्,’ भण्डारीले भने, ‘डुवान क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा कसरी सार्ने भन्ने विषयमा सशस्त्रको गोताखोर टोलीसंग समन्वय गरी नगर प्रहरीलाई पौडि खेल्न सिकाउनका साथै बाढीमा फसेका नागरिकको उद्धार कसरी गर्ने भन्ने बारेमा सिकाइएको छ ।’
उनका अनुसार धनगढी–१७, १९, ३, ६ नम्बर वडा सम्भावित बडुवान हुने क्षेत्रमा पर्ने गरेका छन् । धनगढी उपमहानगरपालिकासँग २५ जना नगर प्रहरी रहेका छन् ।
‘धनगढी उप महानगरले विपद उद्धारका लागि आवश्यक पर्ने सवै सामग्रीको व्यवस्था गरेको छ,’ विपद शाखा प्रमुख भण्डारीले भने, ‘सुरक्षामा खटिने प्रहरीका नागि लाईफ ज्याकेट, डुङ्गा लगायत सामग्री तयारी अवस्थामा राखेका छौं ।’
तालिम पछि विपदकावेला काम गर्न सजिलो हुने धनगढी नगर प्रहरी प्रमुख कृष्णबहादु मल्ले बताए । ‘हामी अवकास प्राप्त भएर आएका जनशक्ति हौं,’ मल्लले भने, ‘पहिला पनि विपद उद्धार सम्बन्धी तालिम लगिसकेका भए पनि अवकास पछि धेरैले तालिम विर्शेका थिए, अहिले पुनःसिकाई भएको छ, हामी उद्धारमा खट्न सक्ने भएका छौं ।’ नगर प्रहरी २४औं घण्टा उद्दारका लागि तयारी अवस्थामा रहने उनले बताए ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस