भक्तपुरका हिसान सदस्य स्कुलमा ५० प्रतिशत छुट


भक्तपुर, २३ असार । भक्तपुरमा प्याव्सन र एनप्याव्सन आवद्ध स्कुलबाट एसइइ उत्तीर्ण गरी जिल्लाका हिसान आवद्ध स्कुलमा कक्षा ११ भर्ना भए भर्ना शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

 

यसका लागि हिसान र प्याव्सन तथा हिसान र एन प्याव्सन भक्तपुरबीच छुटाछुट्टै कार्यक्रम गरी सम्झदारीपत्रमा हस्ताक्षर भयो । सम्झौतामा एन प्याव्सन जिल्ला अध्यक्ष सञ्जय खड्का र हिसान जिल्ला अध्यक्ष अनिल कसपाल तथा प्याव्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसानका अध्यक्ष अनिल कसपाले हस्ताक्षर गरेका छन् । 

सम्झौतामा अन्य थप तीन बुँदा गरी कुल चार बुँंदाहरु छन् । सम्झौतामा प्याव्सन एन प्याव्सन सदस्य विद्यालयको प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उचच शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय कलेजहरुले आवश्यक थप छुट सहुलियत पनि दिने सम्झौता भएको छ ।

 

साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्दै जाने सहकार्यमा पनि सम्झौता भएको छ । साथसाथै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ । 

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण वनाउन प्याव्सन, एनप्याव्सनबाहेक जिल्लाको संगठनसँंगै पनि यही प्रकारको सम्झौता गरी अगाडि बढ्ने जानकारी गराए ।  

जिल्लामा १२ वटा हिसान सदस्य रहेको कक्षा ११ र १२ आवद्ध स्कुलहरु छन् । यसबाहेक भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि देकोचा भक्तपुर तथा सरकारीस्तरमा सञ्चालित ११ र १२ अध्ययन हुने विभिन्न स्कुलहरु छन् ।

 

जिल्लामा कुल ६ हजार विद्यार्थीमा एसइइमा सहभागी भएका थिए । तीमध्ये दुई हजार सात सय विद्यार्थी उतीर्ण भएका छन् । उतीर्ण विद्यार्थीमध्ये आधा भन्दा बढी विद्यार्थी भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि देकोचा भक्तपुरमा भर्ना हुने गर्दै आएका छन् । ख्व्पमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा संकायमा कक्षा ११ र १२ को अध्यापन हुन्छ ।  
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope