केरा किसानहरुले सावर्जनिक गरे आन्दोलनका कार्यक्रम, बिमाको कार्यालयमा तालाबन्दी गरिने


इन्दीप कोइराला

बारा, ५ साउन । बिमा कम्पनीले केरा बालीको बीमा गर्न इन्कार गरेपछि आन्दोलित बनेका निजगढका केरा खेती गर्ने किसानहरुले हिमालयन एभरेष्ट बिमा कम्पनीको सिमरास्थित कार्यालयमा तालाबन्दी गर्ने भएका छन् । आन्दोलनको अगुवाइ गर्दै आएको बारा केरा तथा फलफूल उत्पादन संघले निजगढमा पत्रकार सम्मेलनको आयोजना गरेर साउन ८ गते बिमा कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने जानकारी दिएको हो । 

संघका अध्यक्ष एकबहादुर श्रेष्ठले आन्दोलनको पहिलो चरणअन्तर्गत साउन ५ र ६ गते किसान जागरण कार्यक्रम संचालन गर्ने, साउन ७ गते निजगढस्थित पूर्वपश्चिम राजमार्गमा किसान र्‍याली तथा कोण सभा र त्यसपछि पनि माग पूरा नभए कम्पनीको कार्यालयमा तालाबन्दी गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए । 

 

पत्रकार सम्मेलनमा संघका सदस्य गोविन्द खरेल, मानबहादुर श्रेष्ठ, साधुराम खरेल र माधव न्यौपाने लगायतको उपस्थिति रहेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई भेटेर ज्ञापनपत्र बुझाएको संघले एक साताभित्र पनि माग पुरा नभएपछि पत्रकार सम्मेलनमार्फत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । 

 

सरकारले घोषणा गरेको बीमा कार्यक्रमअनुसार बारा जिल्लामा बाली बिमाको जिम्मा पाएको हिमालय एभरेष्ट बीमा कम्पनीले किसानको केराबालीको बीमा गर्न इन्कार गरेपछि संघले सडक आन्दोलनमा उत्रिने चेतावनीसहित जिल्ला प्रशासन कार्यालयसहित कृषि तथा पशुपंक्षी मन्त्रालय, बिमा प्राधिकरण, हिमालयन एभरेष्ट बीमा कम्पनी र मन्त्रालय, बिमा प्राधिकरण र निजगढ नगरपालिकाकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । 

 

हिमालयन एभरेष्ट बिमा कम्पनीका कर्मचारीहरुले ‘माथिको आदेश’ भन्दै बीमा गर्न गएका किसानको केरा खेतीको बीमा नगरी फर्काएपछि निजगढका किसानहरु आन्दोलित बनेका हुन । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope