बेसीशहर बजारका अव्यबस्थित तार हटाउन नगरपालिकाको निर्देशन


लमजुङ १२ साउन । बेसीशहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केवल नेटवर्किङका तारहरु हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

 

नगरपालिकाले अव्यवस्थित तारहरुले बजारको सौन्दर्यमा समस्या ल्याएको तथा मङ्गलबारका दिन देखि १५ दिनको म्याद दिएको हो ।

 

प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरु हटाउने निर्णय गरेको हो । बैठकमा भएको सोहि निर्णय अनुसार बेसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका विजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रुपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तारहरुलाई १५ दिन भित्र हटाउन सम्वन्धित सबैमा सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कंडेलले जानकारी दिएका छन् ।

 

यस सूचना पश्चात अव्यबस्थित तारहरु ब्यबस्थापनको कार्य शुरु हुने भएकोले यदी कोही कसैको विवरण नखुलेका तार तथा केवलहरु छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ । नगरपालिकाको हामी सबैको रहर सभ्य समृध्द बेसीसहर भन्ने नारा समेत रहेको छ ।

सदरमुकाम बेसीसहरमा अब्यबस्थित तारहरुको जालोहरु जताततै रहेको देखिन्छ । बेसीसहर सहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार ब्यबस्थापन एक चुनौतिका रुपमा रहेको पाईन्छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope