खडेरीले सिरहामा ५० % खेतमा मात्र धान रोपाई, कमला नहरमा पर्याप्त पानी नहुदाँ किसान चिन्तित


मुकेश कुमार यादब/

सिरहा, १३ साउन। पछिल्लो लामो समयदेखि सिरहामा आकाशे पानी नपर्दा किसानहरु चिन्तित बनेका छन्।

 

अfकाशे पानिको भरमा खेती गर्दै आएका किसानहरु पछिल्लो केही समय देखि विशेषगरी धान रोप्ने मुख्य समयमा अाकाशे पानी नपरेको कारण किसानहरु चिन्तित बनेका हुन्। 

लामो समयको खडेरीले धेरै किसानहरुले धान रोप्न पाएका छैनन्। रोपेका धान पनि सुक्न थालेका छन भने रोप्न बाँकी रहेका किसानको विउ व्याडमै सुक्न थालेको छ। धानमात्र हैन, पानी अभावका कारण फल्न लागेका मकै, मडुवा (कोदो) लगायतका बाली पनि सुक्न थालेको किसानहरु बताउँछन्।

आकाशे पानी नपर्दा जिल्लामा करिव ५० प्रतिशत खेतमा मात्र धान रोपाई भएको छ । धान रोप्ने समय बितिसक्दा पनि सिरहाको नरहा गाउँ पालिका ५ का किसान राजदेव यादवको दुई बिगहा खेत बाँझै छ। करिव १२ कठ्ठा जमिनमा स्यालो ट्युवेलको सहयोगमा जसोतसो रोपाइँ गरेपनि रोपाइँ हुने गरी पानी नपर्दा यादबको बाँकी खेत बाँझै रहेका छन् । 

 

पानी अभावका कारण विष्णुपुर गाउँ पालिका ५ का त्रिभुवन महतोले पनि धान रोप्न राखेको एक विगहा जमिन अझै बाँझै छ। साउनको मध्ये सम्ममा पनि सुख्खा जारी रहेकाले उनको खेतमा धान रोपाइँ हुन नसकेको महतोले बताए। 

महताको जमिनमा कमलाको नहर लाग्ने भए पनि लामो समय देखिको खरेडीले नहरमा पानी नआउँदा रोपाई हुन सकेको छैन। उनले ‘रोपइँको समय घर्किन लाग्दा पनि उनको खेत बाँझै छ। बिउ ब्याडमै सुक्न थालिसक्यो। पानी पर्ने छाट अझै छैन' भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिरहा नगरपालिका १० पदमपुरका नुनु पासवानले गाउँकै गिरहतको करिव एक विगहा जमिन अधिया गरेका छन्। उनले स्यालो ट्युवेलबाट पानी पटाएर जसोतसो रोपाइँ गरे पनि खडेरीले रोप सुक्न थालेको छ।

 

पासवानले भने, ‘जसो तसो धान त रोपीयो, तर खडेरीले रोपेको रोप सुक्न लागिसक्यो, पानी पर्ने कुनै सङ्केत नै छैन।’

 

धान रोप्ने समय सकिनै लागेपनि सिरहामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ। लामो समयदेखि धान रोपाइँकालागि अवाश्यक पानी नपरेका कारण धान रोप्ने समय घर्किसक्दा पनि आधा जमिन बाँझै रहेको हो।  

आकाशे पानीको भरमा खेतिहुँदै आएको सिरहामा विशेषगरी धानरोप्ने मुख्य समयमा पानी नपरेको कारण  रोपाईमा कमी आएको कृषि ज्ञानकेन्द्र सिरहाका प्रमुख नरेन्द्र कुमार महासेठले बताए। उनले भने, ‘विशेषगरी सिरहामा आकाशे पानीकै भरमा धानखेति हुँदै आएको छ। यो वर्ष लामो समयदेखि धानरोप्न मिल्नेगरी एकपटकमात्र पानी परेकाले रोपाईमा कमी आएको हो।’ गत वर्ष यहि समयमा जिल्लाको कुल ५९ हजार धान खेतियोग्य जमिन मध्ये ९५ प्रतिशतमा रोपाई सम्पनन भईसकेको ज्ञान केन्द्रका प्रमुख महासेठले जानकारी दिए। 

पानी साना कुलो तथा भूमिगत जलस्रोतको पहुँच भएका पालिकाहरुमा सन्तोषजनक रोपाई भएको भए पनि राजमार्ग आसमापासका गाउँ पालिकामा कम रोपाई भएको ज्ञान केन्द्रका प्रमुख बताउछन्। उनका अनुसार सिरहामा सवैभन्दा कम कल्याणपुर नगरपालिकामा १० प्रतिशतमात्र रोपाई भएको छ भने सवैभन्दा बढी बडियारपट्टी गाउँ पालिकामा ९० प्रतिशत रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ।

 

उता लहान नगरपालकामा ५० प्रतिशत, धनगढीमाईमा ४५ प्रतिशत, गोलबजारमा ३५ प्रतिशत, मिर्चैयामा ३८ प्रतिशत, कर्जन्हामा ६० प्रतिशत रोपाई हुदाँ सुखिपुर नगरपालिकामा ३० प्रतिशत भगवानपुर गाउँ पालिकामा ८५ प्रतिशत, नरहामा गगाउँ पालिकामा ३० प्रतिशत, विष्णुपुर गाउँ पालिकामा ५५ प्रतिशत, सखुवा नन्कारकट्टी गाउँ पालिकामा ७० प्रतिशत, औरही गाउँ पालिकामा २५ प्रतिशत र नवराजपुर गाउँ पालिकामा ८० प्रतिशत धान रोपाई भएको ज्ञान केन्द्रले जनाएको छ।

 

 
स्थानीय जातको धानहरु कम फल्ने भएकाले उन्नत जातका धानहरु किसानको रोजाँमा पर्ने ज्ञान केन्द्रको भनाई रहेको छ। जिल्लामा विशेषगरी वासमती रातो, कालो, सोना मन्सुली, हर्दिनाथ, राम धान, सुख्ख २ र ३, कतर्नी लगायत जातको धानखेती हुने गरेको छ।

कमला नदीको पूर्वी नहरले सानो क्षेत्रमा सिंचाईको सुविधा पुर्याएको भएपनि वर्षाका नभएका कारण नरहमा पनि थोरै पानी आएकाले किसानले धान रोप्न पाएका छैनन्।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope