कोशीका नवनियुक्त मुख्यमन्त्रीको सपथ आज, सानो आकारको मन्त्रीपरिषद विस्तार हुने
बिराटनगर, १७ साउन । कोशी प्रदेश सरकारका लागि दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।
सर्वोच्च अदालतले यसअघि भएको नियुक्ती बर्खास्त गरे पछि पुनः हिजो मुख्यमन्त्रीमा नियुक्त भएको थापाको शपथ ग्रहण आज हुन लागेको हो । प्रदेश प्रमुख कार्यालयका अनुसार आज बिहान बिहान साढे १० बजे सो सपथग्रहण हुनेछ ।
सभामुख बाबुराम गाैतमलाइ राजिनामा गर्न लगाएर सतारूढ गठबन्धनले हिजो ४७ सदस्यको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । लगत्तै बहुमत सदस्य पुर्याएर पुनः नियुक्ती भएका मुख्यमन्त्री थापाले सपथ ग्रहणसँगै आजै सानो आकारको मन्त्रिपरिषद विस्तारको तयारी गरेको बुझिएको छ ।
गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस