लमजुङमा ३ सय १३ बर्षकाे कैद भुक्तान गर्न बाँकी न्युज
लमजुङ १७ साउन । लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीकाे कैद सजाय भुक्तान हुन बाँकी रहेकाे जिल्ला अदालतले जनाएकाे छ ।
अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनकाे कैद भुक्तान हुन बाँकी रहेकाे जिल्ला न्यायाधीश शिवप्रसाद खनालले जानकारी दिए ।
गत आर्थिक वर्षमा मात्रै लमजुङ जिल्ला अदालतले दुईसय ९१ वर्ष दुई महिना २९ दिन कैद फर्छ्याैट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २ सय ९३ वर्ष १० महिना ४ दिन र नयाँ तर्फ ३ सय १० बर्ष ८ महिना २९ दिनकाे कैद सजाय मध्ये ४८ दशमलव १७ प्रतिशतकाे कैद सजाय फर्छ्याैट भएको न्यायाधीश खनालले बताए ।
न्यायाधीश खनालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिम्मेबारी सरी आएका पुरनो तर्फ ६ वर्ष एक महिना आठ दिन र नयाँ तर्फ २ सय ८५ वर्ष एक महिना २९ दिन गरी कूल २ सय ९१ वर्ष दुई महिना २९ दिनकाे कैद फर्छ्याैट भएको छ ।
अघिल्लो वर्षसम्म लमजुङ जिल्ला अदालतमा २ सय ९४ वर्षकाे कैद लगत बाँकी थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस