नेपालमा पिकलबलको अत्यन्तै राम्रो सम्भावना छ: कमल थापा


काठमाडौं, ३० भदाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा सरकार र राष्ट्रिय खेलकुद परिषदले सहयोग गरे पिकलबलको अत्यन्तै राम्रो सम्भावना रहेको बताएका छन् ।

 

पिकलबल एशोसियसन नेपालको आयोजनामा नेपाल-सिक्किम फ्रेण्डसिप पिकलबल टुर्नामेन्ट आजबाट सुरु भएको छ। पुर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केलको उद्घाटन गरेका हुन् ।

 

टुर्नामेन्ट काठमाडौंको बौद्धस्थित स्नोल्यान्ड स्पोर्ट्स एकेडेमीमा भईरहेको छ। पिकलबल एशोसियसन सिक्किमबाट हेमन्त गुरुङको नेतृत्वमा ३० जनाको टोलि नेपाल आएको छ भने नेपालबाट ८० खेलाडी सहभागी भएका छन्। एनसीसीएस, क्याम्पियन र काव्य स्कुलका विद्यार्थी खेलाडीहरु पनि सहभागी भएका छन्। यी बिद्यालयका विद्यार्थी खेलाडीहरुले एक-आपसमा प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा थापाले एक म्याच खेलेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope