‘मृत्यु डायरी’ रोयल्टी रकम क्यान्सर पीडितलाई


काठमाडौं – डा. तुलसी आचार्यको संस्मरणात्मक कृति ‘मृत्यु डायरी’ सार्वजनिक भएको छ। शुक्रवार प्रज्ञा प्रतिष्ठानमा चलचित्रकर्मी प्रकाश सायमी, चिकित्सकद्धय डा. अम्बुज कर्ण र डा. पुष्पमणि खराल, समालोचक डा. गीता त्रिपाठी, गायिका संगीता शाक्य थापा, सञ्चारकर्मीद्धय गोपीकृष्ण ढुंगाना र मोहराज शर्माले कृतिको विमोचन गरेका हुन्।

चलचित्रकर्मी सायमीले लेखक इमान्दार भएर नयाँ धारबाट घटना र सन्दर्भलाई उतारेको बताए। सन्तानले पनि बिरामीलाई तनाव होला भनेर क्यान्सरजस्तो रोगबारे नखुल्ने र बिरामीले पनि सन्तानलाई तनाव होला भनेर रोगबारे नसुनाउने अन्योलको स्थितिलाई रोचकताका साथ समेटिएको उनको भनाइ छ |


समालोचक त्रिपाठीले अनुभूतिहरूको आख्यानीकरण भएको र जीवनलाई साहित्यमा जोड्ने काम भएको बताइन्। मृत्यु शाश्वत छ किन लेख्नु प¥यो भन्नेहरूलाई यस कृतिले जवाफ दिएको उनको भनाइ छ । पुस्तकका सम्पादक एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाले मृत्यु आफैंमा रहस्यमय रहेको सन्दर्भ सुनाउँदै मृत्यु डायरी रहस्यमय चलचित्र हेरिरहेको शैलीमा लेखिएको बताए।

लेखक आचार्यले जन्म दिने बुवाआमाको निधनले छोरीलाई कतिसम्म पीडा दिन्छ र क्यान्सर लागेपछिको पीडा सन्तानलाई कसरी पर्छ भन्ने सन्दर्भलाई जस्ताको तस्तै पुस्तकमा उतारेको बताए। कार्यक्रममा चिकित्सकद्धयले रोग र रोगीसँगको चिकित्सकको व्यवहार र रोगसँग सम्बन्धित रहेर लेखिएको कृतिबारे बोलेका थिए भने क्यान्सर बिजेता गायिका शाक्यले आत्मकथा सुनाएकी थिइन्।

लेखक आचार्यले ‘मृत्यु डायरी’ को विमोचन भए सङै अब यो पुस्तक विश्वको हरेक शहरमा उपलब्ध भइसकेको बताए। विभिन्न अनलाइनको माध्यमबाट जस्तो अमेजन, बार्न्स एन्ड नोबल, बुक्स ए मिलिअन, वाल्मार्ट, इबे लगायतमा पुस्तक पाइने उनले बताए। (यो लिंकमा गएर किन्न सकिन्छ विदेशमा हुनेहरूले: Amazon)। पुस्तकबाट उठेको ’रोयल्टी’ आर्थिक स्थिति न्यून भएका क्यान्सर पीडितको सहयोगार्थ खर्चिने उनले घोषणा गरेका छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope