लमजुङका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन


लमजुङ, १ असोज ।  लमजुङमा रहेको ८ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् ।

मध्यनेपाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे भदौ १२ गते तनहुँको शुक्ला गण्डकी नगरपालिकामा सरुवा भएका छन् ।

 नगरपालिका प्रवक्ता रामचन्द्र भण्डारीका अनुसार हालसम्म प्रमुख प्रशासकीय अधिकृतमा आउने कर्मचारीको टुंगो लागेको छैन । प्रमुख प्रशासकीय अधिकृत नआउँदा विकास निर्माण तथा योजना प्रभावित बनेको उनले बताए। हाल स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेललाई निमित्त प्रमुख तोकिएको छ ।

बेंसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेल  बाग्मती प्रदेश कार्यालयमा सरुवा भएका छन् । 

उनको ठाउँमा राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयेललाई सरुवा गरिएको छ । 

सुयेललाई मन्त्रालयको पत्र प्राप्त भइसके पनि राइनास नगरपालिकाबाट रमना भने लिइसकेका छैनन् । राइनासमा उहाँको ठाउँमा जिल्ला समन्वय समिति नुवाकोटमा कार्यरत प्रकाशराज पौडेल आउने भएका छन् । बेंसीशहर नगरपालिकामा शिक्षा शाखा उपसचिव किसानराज चिलुवाललाई निमित्त दिइएको छ ।

क्व्होलासोथार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा माधवप्रसाद वाग्ले भदौ १९ गतेदेखि हाजिर भएका छन् । गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले नयाँ खटिएर आएका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यभार सम्हालिसकेको बताउनुभयो । दोर्दी गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पनि सरुवा हुने तयारीमा छन् । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी हाल चीनमा रहेको र चीनबाट फर्किएपछि प्रमुख प्रशासकीय अधिकृतको सरुवा प्रक्रिया अघि बढ्ने स्रोतले बताएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope