विपन्न नागरिकलाई धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने


धनगढी, १ असोज । धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर नगरपालिकाले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको हो।

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए। 

आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षको समन्वयमा उपलब्ध गराइने छ। 

यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताए।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope