आजको मौसमः तीन प्रदेशमा पानी पर्ने


काठमाडौं, २ भदौं । हाल    मनसुनको    न्यून    चापीय    रेखा  सरदर    स्थानको    दक्षिणतिर    अवस्थित    छ। 

 

जल    तथा    मौसम    विज्ञान    विभाग, मौसम    पूर्वानुमान    महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा आंशिक बदली रहेको छ ।  साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो   देशभर    आंशिक    देखि    सामान्य    बदली    रहनेछ।    कोशी,    बागमती   र    लुम्बिनी    प्रदेशका   केही    स्थानहरुमा    र    बाँकी    प्रदेशका    थोरै    स्थानहरुमा    मेघ    गर्जन र चट्याङ्गसहित    हल्का    देखि    मध्यम    वर्षाको    सम्भावना    रहेको    छ।

 

राती   देशका पहाडी भू(भागमा आंशिक    देखि    सामान्य    बदली    रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।    कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका केही स्थानहरुमा    र   देशका  बाँकी    भू-भागको    एक दुई    स्थानमा    मेघ    गर्जन र चट्याङ्गसहित    हल्का    देखि    मध्यम    वर्षाको    सम्भावना    रहेको    छ।

 

कोशी,    बागमती   र    लुम्बिनी    प्रदेशका   केही    स्थानहरुमा    र    बाँकी    प्रदेशका    थोरै    स्थानहरुमा    मेघ    गर्जन र चट्याङ्गसहित    हल्का    देखि    मध्यम    वर्षाको    सम्भावना    रहेको    छ। ­­­­­­­­वर्षाका    कारण    त्यस    क्षेत्रहरूबाट    बहने नदीको    जल    सतह    हल्का    बढ्न    सक्ने,    गेग्रान    बहाव,    बाढी,    पहिरो,    भू-क्षय    जस्ता    प्रकोप    हुन    सक्ने    भएकोले    जन    स्वास्थ्य,    कृषि,    दैनिक    जनजीवन,    सडक    तथा    हवाई    यातायातमा    हुन    सक्ने    असुविधा, जोखिम    रहने    हुँदा    सो    बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope