घट्यो सुनचाँदीको मूल्य
काठमाडौ, ३ असोज । बुधबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस