पोखरामा साकारको सांगीतिक जादु


काठमाडौं, ३ असोज । लिटिल बुद्धका रुपमा परिचित र्यापर साकारले हालै पोखरामा सोलो कन्सर्ट गरेका छन् । ‘इभोलुसन टुर–साकार इन पोखरा’ नाम दिइएको कन्सर्टमा साकारले विभिन्न गीत गाएका थिए ।

पोखराको लेकसाइडस्थित क्लब सिक्सटिनमा आयोजित कन्सर्टमा साकारले हाउसफूल दर्शकमाझ आफूलाई प्रस्तुत गरेका हुन् । 

कन्सर्टको सुरुवात कारे महर्जन र डीजे एल्भिसले ‘किङ अफ नेपहप’ बाट गरेका थिए । यो प्रस्तुतिपछि साकार स्टेजमा उपस्थित हुँदा दर्शकले ‘साकार साकार’ भन्दै स्वागत गरेका थिए । उनको कन्सर्ट हेर्न करिब ७ सय दर्शक उपस्थित थिए ।

पहिलो गीतको प्रस्तुतिपछि साकारले उपस्थित पोखरेली फ्यानप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले ‘गाजा मेन’, ‘कब्जा’, ‘१००’, ‘नेप्लिज स्टाइल’, ‘मेक द्याट मनी’ र उनको पछिल्लो एलबम ‘इकेस्टेसी इन द प्यालेस’का गीत सुनाएका थिए ।

साकारले कन्सर्टमा दिवंगत गुरु यम बुद्धलाई समर्पित गर्दै ‘सपना’ गीत गाएका थिए । यो गीतको ओरिजिनल कम्पोजर यम नै हुन् । यो गीत गाइरहँदा उनले मानसिक अस्वस्थताका बारेमा मन्तव्य दिएका थिए । मानिस मानसिक रुपमा अस्वस्थ रहँदा उसलाई के कस्तो असर पर्छ भन्ने कुरा सुनाएका थिए ।

साकारको सांगीतिक टुरको व्यवस्थापन पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले गरेको हो । पोखरा कन्सर्टको संयोजन स्टिभ देवनले गरेका हुन् । स्टिभका अनुसार पोखरा पछि साकारले पूर्वको इटहरी र बिर्तामोडबाट नेपाल टुर सुरु गर्नेछन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope