संविधान दिवस : प्रभातफेरिमा कर्मचारी सहभागी नभएपछि नगरप्रमुख प्रल्हादकुमार क्षेत्री आक्रोशित 


विशाल बस्नेत 

महोत्तरी, ३ असोज । संविधान दिवसको अवसरमा बुधबार महोत्तरीमा हर्षाेल्लासका साथ स्थानीय तहले प्रभातफेरि कार्यक्रम गरेका छन् ।नागरिक समाज, संघ संस्थाहरु, राजनीतिक दलहरुलाई सहभागी भएर निकालिएको प्रभातफेरि कार्यक्रममा उत्साहजनक उपस्थिति थियो ।

 

प्रभातफेरिपछी भएको कोणसभामा बोल्दै वक्ताहरुले जनताको लोकतान्त्रिक अधिकार स्थापित गर्न यो संविधान नै उत्कृष्ट भएको विचार व्यक्त गरे । बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले कोणसभालाई सम्बोधन गर्दै संविधान दिवसलाई कालो दिवसकोरुपमा मनाउन उक्साउने केही मधेशवादी दलहरुप्रति कटाक्ष समेत गरे ।

 

‘जनताको हकअधिकार सुनिश्चित गर्नका लागि यही संविधान उत्कृष्ट भएको र संशोधन गरेर पनि थप परिमार्जन गर्न सकिने बाटोहरु खुल्ला छन्,’ उनले भने । 

 

संविधान दिवस जस्तो महत्त्वपूर्ण दिनमा विदाका नाममा घरमा नै बस्ने कर्मचारीहरुप्रति नगरप्रमुख क्षेत्रीले असन्तुष्टि समेत व्यक्त गरे ।

 

संविधान दिवस मनाउन दिएको विदालाई दुरुपयोग गर्दै घरमा बसेर कार्यक्रममा सहभागी नहुनु दुखद् भएको उनको भनाइ छ ।

 

आन्दोलन र बलिदानबाट प्राप्त भएको संविधानको रक्षार्थ सबैजना एकजुट हुनुपर्ने उनको भनाइ छ । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope