पाकिस्तानमा ७० बर्षिया बुद्धा र ३५ बर्षिया युवकको बिहेको चर्चा चुलियो


लाहौर, ४ असोज । तपाईले सामाजिक सञ्जालमा अनौठो विवाह देख्नु भएको होला । जसमा प्रेमीले आफ्नो प्रेमीलाई मनाउन हरसम्भव प्रयास गर्छ । 

तर यो समाचार सामाजिक सञ्जालका समाचारहरूभन्दा केही फरक हुनसक्छ । हो, यो ३५ वर्षकी दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो । यो समाचार पाकिस्तानको हो । यो बिबाहले फेरी चर्चा पाएको छ । 

 

३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए । उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए ।
यी दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको प्रेममा पर्न थाले । त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नईम शहजादको बिबाहमा परिणत गराउने कार्य गरयो ।

 

पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए । दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए । सन् २०१५ मा क्यानडाकी ७० वर्षीया मेरीले उनलाई प्रपोज गरेकी थिइन् । तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए । तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले । जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन् ।

 

७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन् । यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन् । केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन् । तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन् ।

 

उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्,  मेरी मानसिक रूपमा विचलित थिइन् । उनी निकै बूढो भइसकेका छिन् । उनी आर्थिक रुपमा पनि कमजोर छिन् । मामूली पेन्सनमा मात्रै बाँचेकी छिन् । हामी बीचको उमेरको भिन्नता के हो ? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’ 

 

उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope