प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको अभियोगमा तीनजना पक्राउ
संखुवासभा, ४ भदाै । प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचखपन नगरपालिका-७ विहीवारे बजार बस्ने ३२ वर्षीय महेश कटुवाल, २९ वर्षीय बसन्त कटुवाल र २४ वर्षीय बिष्णु कटुवाल रहेका छन् ।
पाँचखपन नगरपालिका-७ विहीवारे बजारमा उनीहरुले मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरी कर्मचारी माथिनै हातपात तथा दुर्व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । हातपात गर्दा घाइते भएका एक जना प्रहरी कर्मचारी बाना स्वास्थ्य चौकीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस