मोती गजल मुशायरा २०८० हुँदै


काठमाडौं, ४ असोज । गजलकार मोतीराम भट्टको १५८औं जन्मजयन्तीको सन्दर्भमा नेपाल गजल प्रतिष्ठानले यस वर्ष असोज ६ गते शनिबारका दिन राष्ट्रिय नाचघरको मिनी प्रेक्षालयमा गजल मुशायरा कार्यक्रमको आयोजना गर्ने भएको छ।

यस मुशायरामा आदिगजलकार मोतीराम भट्टप्रति श्रद्धा सुमन अभिव्यक्त गर्दै ३ जना युवा गजलकारहरूले आआफ्ना गजलहरू तरुन्नम शैलीमा प्रस्तुत गर्नेछन्।

कार्यक्रममा तनहुँका गजलकार अन्जान यात्री, धादिङकी गजलकार राधा कणेल र झापाका मिलनकुमार ढुङ्गानाको तरुन्नमका जादूमय प्रस्तुति रहनेछ।

प्रतिष्ठानले अन्य गजलकारहरूलाई समेत प्रत्यक्ष  रूपमा आफ्नो सहभागिता रहेको अनुभूति गराउने उद्देश्यले मञ्चमा उपस्थित ३ जना गजलकारहरूबाट थप ३ जना गजलकारका १/१ ओटा गजल प्रस्तुत गर्ने परम्परालाई यस मुशायरामा पनि निरन्तरता दिनेछ। यसका अलावा १० जना गजलकारका १० उत्कृष्ट शेरहरूलाई कार्यक्रमका सहजकर्ता एवं सूत्रधार आँचलकुमार शर्माले वाचन गर्ने छन्। 

यस कार्यक्रमको मुख्य प्रायोजकमा रूपमा ग्लोबल आइएमई बैँक तथा अन्य सहयोगी एवं सहप्रयोजकहरूमा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम लि., सूर्य ज्योति लाइफ इन्सोरेन्स, सूर्य नेपाल, एभरेष्ट बैंक लिमिटेड , नागरिक लगानी कोष, टेम्पल टाइगर, भायनेट आदि रहेका छन्। 

संस्थाले आगामी २०८० कात्तिक १८ गते सांस्कृतिक संस्थानकै मुख्य प्रेक्षालयमा साङ्गीतिक गजल गुञ्जन कार्यक्रमसमेत आयोजना गर्ने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले जानकारी दिए।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope