लागुऔषधसहित पाँचजना पक्राउ


काठमाडाैं, ४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । सिन्धुलीकाे कमलामाई नगरपालिका-६ माझिटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ६ हजार ट्याब्लेट र डायलेक्स-डिसी लेखिएको एकसय एमएलको ७ सय ४९ बोतलसहित सर्लाही कोडैना गाउँपालिका-६ बस्ने २० वर्षीय सुनिल कुमार यादव समेत तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले एचआर १० एस ३०५६ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

कपिलवस्तुकाे बाणगंगा नगरपालिका-३ वभनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३  ग्राम ८ सय ३० मिलिग्राम र नगद २८ हजार रूपैयाँसहित सोही नगरपालिका-९ जगदिशपुर बस्ने २६ वर्षीय घनश्याम मुराउलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले लु.८३ प ९७६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

कैलालीकाे टिकापुर नगरपालिका-९ स्थित सडकबाट अवैध लागूऔऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ७० मिलिग्रामसहित बर्दगोरीया गाउँपालिका- २ बौनीया जगतपुर बस्ने २५ वर्षीय रबिन्द्र टमट्टालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope