शिक्षा विधेयकविरुद्ध आजबाट जनचेतनामूलक कार्यक्रम


भक्तपुर, ४ असाेज । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले विद्यालय शिक्षा विधेयकविरुद्ध विहीबारदेखि देशभर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

 

संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी असोज ४ गते विहीबारदेखि ६ गते शनिबारसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गराएको छ । संघले विद्यालयको पढ्न पाउने अधिकारलाई कुन्ठित नगर्न अन्य शिक्षक संगठनहरुलाई अनुरोध पनि गरेको छ ।

 
नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघले बुधबारदेखि अनिश्चितकालिन विद्यालय बन्द घोषणा गरी काठमाडौं केन्द्रित विरोध कार्यक्रमको घोषणा सुरु गरिसकेका छन् । शिक्षक संघको आन्दोलनप्रति विमति नभएकाे जनाउँदै संघले तर अनिश्चितकालिन बन्द प्रति भने विमति रहेकाे जनाएकाे छ । उसले अनिश्चितकालिन विद्यालय बन्द नगर्न आन्दोलनकारी संगठनसँग अनुरोध गरेको छ  ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope