आन्दोलनरत शिक्षक संगठन र सरकार बिचमा केही बेरमा बार्ता हुदैँ
काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ ।
गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खाेज्न खाेजेकाे हाे ।
हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ।
सरकार र शिक्षक संगठनका बिचमा पटक पटक बार्ता भए पनि निष्कर्षविहीन हुदैँ आएको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरुका बिचमा बार्ता भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हिजोको बार्ता सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा सरकार आशावादी रहेको बताएका छन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस