कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ


 कैलाली, ५ असाेज । गौरीगंगा नगरपालिका-४ राजीपुर खल्ला बजारस्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ४ केजी ७ सय १० ग्राम र नगद १८ हजार ५ सय भारतीय रूपैयाँसहित बझाङ सुर्मा गाउँपालिका-४ ठगुनडाँडा बस्ने ४४ वर्षीय सालीभान पुजारालाई   प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।    

 

कास्की, पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा २ केजी १ सय ७० ग्रामसहित सोही महानगरपालिका-२१ कृष्ती घर भई हाल सोही महानगरपालिका-१५ फुलवारी गैह्रगाउँ बस्ने १९ वर्षीय राजन विकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope