शिक्षकहरुको आन्दोलन आज पनि जारी रहने


काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन ।

 

गत असोज ३ गते देखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।

 

सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब साे बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाडने अडान लिए पछि सरकार अप्ठयारोमा परेको छ । 

 

यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएकाे थियाे भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । ज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभाबित हुने भएका छन ।

 

यद्धपी, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ ।

 

गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो । हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ। 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope