सर्लाही सदरमुकाम मलङगवामा अनिश्चितकालिन कर्फ्यु


सर्लाही, ५ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय, सर्लाहीका अनुसार सो कर्फ्यु बिहिबार राती १० बजे देखी अनिश्चित कालसम्म जारी रहने छ । 

 

गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर  मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थीति देखा परेको थियो । सो क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादबले जानकारी दिए ।

 

उनका अनुसार पुरानो मलङ्गवा नगरक्षेत्र, पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प सीमा भित्र सो कर्फ्यु लागु हुनेछ ।

 

जिप्रकाका अनुसार साे  क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने जनाएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope