१९ औं एसियाडः आज नेपाल र भियतनाम बिच प्रतिस्पर्धा हुदैँ
काठमाडौं, ५ असोज । आज नेपाल र भियतनामका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
उत्तरी छिमेकी चीनको हान्झाउ सहरमा भोली शनिवार मात्रै औपचारिक उद्घाटन हुने भए पनि फुटबलगायतका खेल भने उदघाटन अघि नै सुरु भइसकेको छ । जसअनुसार नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धामा भियतनामसँग मैदानमा उत्रन लागेको हो ।
नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।
नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्नसमेत लागेको हो । सो प्रतिस्पर्धाको समूह ‘डी’ मा मा रहेको नेपालले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालले पहिलो पटक नै समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस