बोलेरो जीपबाट खसेर बालकको मृत्यु
लमजुङ, ६ असाेज । लमजुङको बेसीशहरमा गुडिरहेको बोलेरो जीपबाट खसेर बालकको मृत्यु भएको छ।
शुक्रबार बेसीशहर न,पा–३ गाउँशहरबाट बेसीशहर-२ गैह्रीतर्फ जान झर्दै गरेको ग १ ज ७१०१ नम्बरको बोलेरो जीपकाे पछाडि झुण्डिन पुगेका गाउँशहर मिलनटोलका ६ बर्षिय उज्वल विकको जीपबाट खसेर मृत्यु भएको हो ।
दिउँसो करिब ४ बजे जीपबाट खसेर गम्भिर घाइते भएका विकलाई उपचारका लागी अटोमार्फत लमजुङ अस्पताल ल्याइएको भए पनि अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
चालक बेसीशहर– ३ का अन्दाजी २३ बर्षिय सन्देश बोहोरा र बोलेरो जीप प्रहरीको नियन्त्रणमा रहेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस