महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प बिबादमा


न्युयोर्क, ६ असोज । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिदै गएका छन् । 

 

उनले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन, जसको मानिसहरूले खुबै आलोचना गरेका छन् । वास्तवमा ट्रम्प अमेरिकाको आयोवामा आफ्नो चुनावी प्रचार गरिरहेका थिए, त्यही क्रममा अचानक उनी एउटा रेस्टुरेन्टमा पुगेका थिए । 

 

रेस्टुरेन्टमा एक महिला वेट्रेसले ट्रम्पलाई अटोग्राफ दिन आग्रह गरे, ट्रम्पले पनि त्यसै गरे र अटोग्राफ दिए तर उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए। यद्यपि महिला स्वयंले उनलाई त्यसो गर्न भनेकी थिइन् ।

 

अहिले ट्रम्पको यो व्यवहारको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यसको चर्को प्रतिक्रिया आएको छ ।

 

ट्रम्पले महिलाको छातीमा अटोग्राफ दिएको यो पहिलो पटक भने होइन, यसअघि पनि २०१५ मा चुनावी प्रचारका क्रममा उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए ।

 

डोनाल्ड ट्रम्प अमेरिकाको आगामी चुनावको लागि निरन्तर प्रचारप्रसार गरिरहेका छन् र देशको कुना कुनामा पुगेर चुनावी प्रचार गरिरहेका छन्। 

 

अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षण अनुसार ४६ प्रतिशत अमेरिकीहरु ट्रम्पलाई राष्ट्रपति बनेको हेर्न चाहन्छन् । 

यससँगै सर्वेक्षणको एउटा प्रश्नमा देशलाई राष्ट्रिय संकटबाट निकाल्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका थिए  जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope