सरकारले शिक्षामा लगानी गर्ने बातावरण बनाएन्ः भट्टराई
काठमाडौँ, ६ असोज । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् ।
मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको बाताबरण नबनाएकोसमेत आरोप लगाएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिएका छन ।
शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड गरे ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस