अमेरिकाको सपिङ मलमा गोली हानाहानमा तीनको मृत्यु


जर्जिया, ७ असोज । अमेरिकाको जर्जियाको राजधानी एटलान्टास्थित एक सपिङ मलमा गोलीबारी भएको छ । 

 

सो घटनामा परी एक किशोरसहित तीन जनाको मृत्यु भएको छ ।

 

स्थानीय समय अनुसार शनिवार दिउँसो १ः३० बजे दक्षिण पश्चिम एटलान्टाको इभान्स स्ट्रिटमा एक व्यक्तिलाई गोली प्रहार गरिएको बताइएको छ । त्यसपछि अधिकारीहरूलाई घटनास्थलमा बोलाइयो।

 

प्रारम्भिक अनुसन्धानका अनुसार तीन जना पीडित मध्ये एकले गोली चलाएको हो । पहिले उनले ती दुई जनालाई भेटेर फायरिङ गरे। उनीहरु मध्ये एकले पेस्तोल निकालेर जवाफी फायर गरेको प्रहरीले जनाएको छ । 

 

समाचार अनुसार तीनै जना पुरुष थिए। तीमध्ये एकको उमेर १७ वर्ष र अर्कोको उमेर २० वर्षको थियो भने तेस्रोको ३० वर्षको थियो । प्रहरीले अभियुक्तको परिचय भने खुलाएको छैन ।

 

समाचार अनुसार प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope