अवैध औषधी बिक्रेता पक्राउ


कञ्चनपुर, ७ असोज ।  कञ्चनपुरमा अवैध औषधी बिक्री वितरण गर्दै आएका एक जना पक्राउ परेका छन्।

 

जिल्लाको बेलौरी नगरपालीका–९ कुण्डाका ४३ वर्षिय सुनिराम चौधरी लालझाडी गाउँपालिका–६ चान्देवमा मेडिकल सञ्चालन गर्दै आएका थिए। चौधरीले सञ्चालन गरेको जनता मेडिकल हलमा अवैध औषधीसहित उनलाई प्रहरीले पक्राउ गरेकोे हो।

चौधरीलाई कार्वाहीकोलागी औषधी विभाग व्यवस्था शाखा कार्यालय नेपालगंज बाँकेमा पठाएको प्रहरीले जनाएको छ। सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलि र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट प्रहरी नायव निरीक्षक प्रकाशदत्त जोशीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले उक्त मेडिकलमा अवैध औषधी फेला पारेको हो। साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope