नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु 


कोटोनु, ७ असोज । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ । 

 

यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् ।

 

एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारी र बासिन्दाले बताएका छन ।

बेनिनका आन्तरिक मामिला मन्त्री अलासने सेइडोले सहरको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको जानकारी दिए । यद्यपी यो आगलागी कसरी भयो ? भन्ने बारे अझै जानकारी आएको छैन । यस दुर्घटनालाई दुर्भाग्यपूर्ण बताउँदै उनले आगलागीबाट दुई बालबालिकासहित ३४ जनाको ज्यान गएको पनि जानकारी दिएका छन । उनका अनुसार यस दुर्घटनामा २० जना घाइते भएको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको र धेरैको अवस्था चिन्ताजनक रहेको छ ।

 

स्थानीय बासिन्दाहरूले बेनिन शहरको सेमे पोड्जीमा अबैध इन्धन डिपो सञ्चालन गरिरहेको जानकारी दिए। डिपोमा इन्धन भर्न मोटरसाइकल र तीन पाङ्ग्रे ट्याक्सी आएका थिए ।

 

स्मरण रहोस, नाइजेरिया एक प्रमुख तेल उत्पादक अफ्रिकन देश हो र त्यहाँ भित्र र यसको सीमानामा इन्धनको तस्करी भइरहेको छ, जसका कारण अवैध रिफाइनरी, इन्धन डम्प र पाइपलाइनका कारण आगलागीका घटनाहरू भइरहेका छन्।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope