प्रधान सेनापति शर्मा आज भारत जादैँ
काठमाडौं, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् ।
‘इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स’ मा सहभागी हुन नेपाली सेनाका प्रधान सेनापती आज भारत जान लागेका हुन ।
भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुन लागिेको १३ औं संस्करणको उक्त सम्मेलन भोली असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने भए पछि नेपालको प्रतिनिधित्व गर्दै प्रधानसेनापति शर्मा आज दिल्ली पुग्नेछन । सो सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिदैँछन ।
हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको जनाउँदै भारतीय सेनाले सम्मेलनले आपसी हित र सुरक्षा चासोका विषयमा छलफल केन्द्रित गर्नेछ ।
भारतीय सेनाका अनुसार सो सम्मेलनमा आबद्ध राष्ट्रहरुका बिचमा आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक र आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तर रुपमा अघि बढाउन सम्मेलनमा छलफलको बिषय हुनेछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस