बाजुरामा  ट्रक दुर्घटना, तीन जना घाइते


बाजुरा, ७ असोज । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा मिनी ट्रक  दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका–३ कर्णाली करिडोर अन्तर्गत बेर्नामा मिनी ट्रक दुर्घटनामा परेको हो।

सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै दुर्घटना भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले बताइएको छ।

दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका–४ का करिब ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन्। चालकसँगै घाइते भएका सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का करिब १८ वर्षीय अर्जुन विक र जाजरकोट बिरेन्द्र नगर नगरपालिका–१२ का करिब २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन्। प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope