रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्


न्युयोर्क, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी छ। दुवै देश एकअर्काविरुद्ध आक्रामक रहेका छन् । 

 

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका रुसी विदेशमन्त्रीले सो युद्धका बारेमा टिप्पणी गरेका छन् । सो क्रममा उनले युक्रेन र अमेरिकामाथि खुलेर आक्रमण गरेका छन ।

 

उनी भन्छन्, ‘जेलेन्स्की शान्ति प्रक्रियामा मुलुकलाई लैजान भन्दा पनि उनी संसारभर पैसा र हतियार मात्र मागिरहेका छन ।’

 

शनिबार संयुक्त राष्ट्र संघको महासभा पछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले शान्तिका लागि गरेको आह्वान यथार्थपरक नभएको बताए । ‘जेलेन्स्कीले रुससँगको वार्ता अवरुद्ध गर्न खोजेका छन तर रूस भने युक्रेनी सरकारसँग वार्ता गर्न तयार छ । यति हुदाँहुदैँ पनि जेलेन्स्कीले संसारभरि पैसा र हतियारको लागि मात्र सोधिरहेको छ।’

 

लाभरोभले युक्रेनलाई समर्थन गर्ने सरकारहरू अहिले विश्वलाई नै लोकतन्त्र र निरंकुशतामा विभाजन गर्ने प्रयासमा संलग्न रहेको बताए। अमेरिका र त्यसका मातहतका पश्चिमी समूहहरूले निरन्तर द्वन्द्वलाई बढावा दिइरहेकाे उनकाे थप अाराेप छ । यसले मानवतालाई विभाजित गर्ने रूसकाे भनाइ छ ।

 

उनले आर्मेनिया र अजरबैजानबीच विश्वास पुनर्स्थापित गर्ने समय आएको बताए। रूसी सेना यसका लागि तयार छ र मद्दत गर्नेछ भन्न पनि छुटाएनन ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope