ईः अभियानप्रति नैनसिंह महरको ऐक्यबद्धता


काठमाडौं, ९ असोज । कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्। 

१९९ घन्टा लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन्।

अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजी–रोटीका लागि व्यापार गरिरहेका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने अहिलेको मुख्य सवाल रहेकाले यसमा स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मको गम्भीर ध्यानाकर्षण हुनुपर्ने बताए। 

उनले आफूआबद्ध पार्टी कांग्रेसले पनि गम्भीरतापूर्वक फुटपाथ व्यवसायीको व्यवस्थापनका लागि पहलकदमी लिने बताए।

ईःलाई भेटेर उनको माग सम्बोधन गराउन दबाब सिर्जना गर्न अहिले विभिन्न दलका नेता–कार्यकर्तादेखि अभियानकर्मीहरू राष्ट्रिय सभागृह पुग्ने क्रम जारी छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope