प्रधानमन्त्री प्रचण्डद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन


बेइजिङ, ९ असोज । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् 
मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका हुन् । 

 

छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे । 

सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् । 

 

गत शुक्रबार न्यूयोर्कबाट साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope