प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता


काठमाडौं, ९ असोज । चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् । 

 

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । 

 

यस शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरुको उनले प्रशंसा गरे । भेटवार्तामा सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए । 

उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहनुभएका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्वीपक्षीय हितका बारेमा छलफल भएको बताए । 
उनले आपसी हित प्रबद्धनका लागि आफू सदैब तयार रहेको उल्लेख गरे । 

भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डाक्टर बैकुन्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहाकार हरिबोल गजुरेल, प्रेस सल्लाहाकार गोबिन्द आचार्य लगाएत भ्रमण दलका सदस्यहरु सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान बेइजिङबाट छोङछिङ पुगेका हुन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope