सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?
काठमाडौ, ९ असोज । सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।
। यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर तोलाको १४ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रुपैयाँ कायम रहेको थियो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१३.७६ डलरमा र चाँदी प्रतिऔंस २२.९७ डलरमा कारोबार भइरहेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस