प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै
काठमाडाैं, ११ असोज । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीनको छन्दु जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट शुक्रबार छन्दु जान लागेका उनकाे सचिवालयले जनाएकाे छ ।
शुक्रबार बिहान स्थानीय समयअनुसार ९ः४५ बजे ङारीकाे अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी स्थानीय समयअनुसार दिउँसाे १४ः३० बजे छन्दु पुग्नेछन् । छन्दुमा प्रधानमन्त्री रहँदा प्रचण्डले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यसपछि उनीसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्ने कार्यक्रम रहेको छ ।
बुधबार चीनको छोङछिङबाट ल्हासा पुगेका प्रधानमन्त्री प्रचण्ड बिहीबार कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि गएकाक थिए । प्रधानमन्त्री प्रचण्डले ल्हासामा रहँदा विभिन्न द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस