राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

वीरगञ्ज, १२ असोज । राप्रपा नेपालले असोज १४ गते आइतबार पर्साको वीरगञ्ज सभा गर्ने भएको छ ।
घन्टाघर नजिकको टेम्पो चोकमा सभा गर्ने तयारी गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजिब पराजुलिले जानकारी दिए । पूर्वमन्त्री समेत रहेका पराजुलीका अनुसार यो सभा काठमाडौंको विरोध प्रदर्शनको निरन्तरता हो ।
‘हामी भ्रष्ट व्यवस्थाको अन्त्यको लागि देशका विभिन्न भागहरुमा यसैगरी विरोध प्रदर्शन र सभाहरु गर्दै आन्दोलनको वातावरण तयार गर्नेछौँ,’ उनले भने ।
राप्रपा नेपाल पर्साका अध्यक्ष नरेश सिंहका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र जनसहभागिता गराउन जनपरिचालन गरिएको छ ।
सभालाई पार्टी अध्यक्ष कमल थापा लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस