आज १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कदै


काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । 

 

अमेरिकामा राष्ट्र संघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चिनको भ्रमणमा निस्केका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कन लागेका हुन । 

 

हिजो छेन्दुमा पाण्डा प्रजनन केन्द्रको निरीक्षण गरे पछि प्रधानमन्त्री प्रचण्डले साँझ भने चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्रीकाे सहभागीता रहेकाे थियो । सो अघि प्रधानमन्त्री प्रचण्डले तिब्बतस्थित मानसरोवर र कैलास पर्बत दर्शन गरेका प्रधानमन्त्री प्रचण्ड हिजाे मात्रै ल्हासा विमानस्थलबाट छेन्दु पुगेका हुन । 

गत भदौं २० गते राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री प्रचण्ड गत शनिवार त्यताबाट सोझै उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्केका हुन । एसियाली खेलकुदको उदघाटनमा सहभागीसमेत भएका प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता गरेका थिए भने चिनियाँ समकक्षीसँग बेइजिङमा बार्ता गरेका थिए ।

 

उनी गत भदौं ३० गते अमेरिका प्रस्थान गरेका थिए, त्यसको १५ दिन पछि प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope