राणा प्रधानमन्त्री भीम शमशेरले खाेलेकाे भिम अस्पतालबाट वार्षिक ९६ हजारलाई उपचार


माेहम्मद हबिब

भैरहवा, १३ असाेज । रुपन्देहीको जिल्ला अस्पताल भिमले पछिल्लो एक वर्षमा स्वास्थ्य सेवामा धेरै सुधार गरेको छ । भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैय्याको सूचिकृत रहेपनि १ सय ७ शैय्याबाट सेवा दिदै आएको छ ।

 

अस्पतालले आर्थिक वर्ष २०७९/०८० मा आकस्मिक र बहिरंग सेवामा ९५ हजार ९ सय ४३ जनालाई सेवा प्रदान गरेको छ भने सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको वार्षिक समिक्षामा औल्याएको छ । लुम्बिनी प्रदेशका अस्पतालहरु मध्ये न्युनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन तथा सेवा प्रदानमा भीम अस्पताल लुम्बिनी प्रदेशमा तेश्रो स्थानमा रहेको छ । यो स्थान ल्याउन एक जनाले सम्भव छैन, भिम अस्पतालले कर्मचारीको सामुहिक प्रयासले अस्पतालले प्रगति हासिल गरेको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा.मोहम्मद नुरुलहोदाले भने ।

 

मेडिकल सुपरिटेन्डेन्ट डा. नुरुलले अस्पतालले विमा अन्तर्गतको रकम समायोजन हुन नसक्दा समस्या भएको बताए । विमा बापत दावी गरिएको रकम २ करोड २४ लाख रुपैयाँमा प्राप्त भएको रकम १ करोड ६४ लाख रहेको र ६० लाख भुक्तान हुन बाँकी रहेको जनाए ।

 

अस्पतालको सेवाहरु विस्तार हुदै जादाँ स्वास्थय सेवा लिनेको संख्यामा बढोत्तरी भएको छ । यस प्रदेशकै पहिलो जिल्ला अस्पतालको रुपमा सिटी स्कयान सेवा सुरु २४ घण्टा दिदै आएको छ भने बहिरंग सेवामा मात्रै दैनिक ३०० बढि विरामीहरु सरदर अस्पताल आइरहेको तथ्याङ छ । २०७४ साल देखि फार्मेसी संचालन गर्दै आएको अस्पतालमा अहिले ५ सय भन्दा बढि प्रकारको औषधी रहेको छ ।

 

यस्तै प्रयोगशाला, सर्जरी, भिडियो एक्सरे (रोडीयोलोजी ), बहिरंग र प्रसुतीमा पनि सेवाग्राही बढिरहनु, पूर्वाधार निर्माण र उपकरणहरु थपिएसँगै भएकै जनशीक्तमा सेवा दिनु पर्ने बाध्यात्मक अवस्था रहेको छ । सरकारी सेवा बाहेकका अन्य सेवाहरु पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

 

अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले विगतको वर्ष भन्दा अहिले अस्पतालमा धेरै परिवर्तन आएको बताउँदै दैनिक सबै क्षेत्र गरेर करिब ७ सयले अस्पतालको विभिन्न सेवा लिरहेको बताए । बिगतमा ३ करोडको आय व्याय हुने यो अस्पतालमा पुरानौ जनशक्तिको अधिकतम प्रयोग गर्दै १२ करोडसम्मको बजेट अहिले पु¥याएका छौ । विशेषज्ञ सेवा विस्तार र भिडलाई व्यवस्थापन गर्न विशेषज्ञ डाक्टरहरु विकास समितीबाट नै व्यवस्थापन गर्ने योजना बनाएको, फोहोर व्यवस्थापन, भिड व्यवस्थापन र अस्पतालको सौन्दर्यीकरणको काम गर्नुपर्ने आति आवश्यक भएपनि प्रदेश सरकार र संघीय सरकारले चासो नदिएको बताए ।

 

१९९० सालमा बनेको भवनबाट सेवा दिनु पर्ने बाध्यता छ,यहाँबाट मन्त्रीसम्म बनाएर जनताले पठाए तर यहीको जनताको स्वास्थय उपचारका लागि एक रुपैया पनि बजेट नपार्नु दुखद भएको बताउदै अध्यक्ष भण्डारीले मन्त्रालयले बुटवललाई करोडौ दिदा भिमलाई पक्षपात गरेको बताए ।

 

रुपन्देहीको पुरानो अस्पतालको रुपमा रहेको यसलाई सुधार गर्न निजी क्षेत्रबाट सहयोग निरन्तर भइरहेको छ । अस्पतालका अहिले थुप्रै दाताहरुले सहयोग गरिरहेको कारण जनताले स्वास्थ्य सेवामा सुधारको अनुभूति पाएका छन । कोभिडको समय सरकारले दिनु पर्ने केस वेडकै पैसा हामीले नपाएकै कारण स्वास्थ्यकर्मीले जोखिम मोलेर गरेको कामको भत्ता पनि नपाएको बताए । अस्पताललाई भित्रबाट बलियो बनाउन समिति प्रयासरत रहेपनि जनशक्तिको हकमा १ वेडको जनशक्ति आवश्यक यस अस्पतालमा ७०० विरामीलाई २५ वेडको जनशक्तिले कुनै पनि हालतले नपुग्ने बताए ।

 

कोरोनाको बेला भीम अस्पतालले उत्कृष्ट काम गर्न सफल भएको छ अझै पनि सेवा सुधार गर्दे बिरामीलाई सेवा लिन अस्पतालबाहिर नजाने गरी व्यवस्थापन गरिरहेका भण्डारीले भने ।

 

तत्कालिन प्रधानमन्त्री भीम समशेरको शासनकालमा ३ शैयाबाट स्थापित अस्पताल वि.स. २०३५ सालमा १५ सैयामा र २०४१ सालमा २५ सैयामा स्तरोन्नती भयो । आ. व. २०७७/७८ मा २५ सैयाबाट ५० सैयाको लागि प्रस्तावित भएको अस्पताल १०० शैयाको अस्पतालको रुपमा सरकारले घोषणा भयो । हाल नेपाल सरकारको प्रस्तावित ५० सैयाबाट चलेको अस्पतालमा भीम अस्पताल विकास समितिको आर्थिक श्रोत एवं व्यवस्थापनबाट थप गरि कूल १०७ शैया संचालित छ । स्वीकृत प्राप्त भएपनि सिमित जनशक्तिमा (दरबन्दी अनुसारको जनशक्ति नभएपनि) संचालित छ ।

 

समिक्षामा बोल्दै स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्याङक अधिकृत राम जनम कुर्मीले अस्पतालले निकै उपलब्धि गरेपनि तथ्याङक प्रविष्टीमा केही त्रुटीहरु रहेकोले यसलाई सुधार्दै जानु पर्ने बताए । निमित्त निर्देशक समेत रहेका कुर्मीले स्वास्थ्यकर्मीको गोली भन्दा बोलीले विरामीले राहत हुने हुदा व्यवहार वा बोलीमा नम्रता देखाउनु पर्ने, अस्पाताल प्रवेश गर्ने वितिकै को कता जाने सेवाग्राहीले आफै बुझने गरी व्यवस्थापन गर्नुपर्ने, फोहोरमैला व्यवस्थापन, पानीको व्यवस्थापन, सामाजिक परिक्षण लगायतको क्षेत्रमा अझै काम गर्नु पर्ने बताए । उनले अस्पताल व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न निर्देशनालयलाई जानकारी गराउने र समाधनका लागि पहल गर्ने बताए ।

 

कार्यक्रममा बोल्दै रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सरकारी अस्पताल जनताको बाध्यताको गन्तब्य भन्दा रोजाइको क्षेत्र पर्न सक्नु पर्ने, अस्पतालको गेटबाटै विरामी प्रवेश गर्नासाथ आफू पूर्ण रुपमा सन्चो हुने बिश्वासको बातावरण हुनु पर्ने बताए । उनले अस्पतालमा बिरामी पस्नासाथ कुन कुन सेवा कहा कहा उपलब्ध छ ? भन्ने वारेमा सहजै पत्ता लगाउन सक्ने गरि सेवा दिनुु पर्ने बताए ।

 

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उपमाकान्त चपाईंले विगतमा भन्दा भीम अस्पतालले विगतको वर्ष भन्दा धेरै सुधार गरेको, प्रदान गरेको सेवा सुविधा गुणस्तरिय रहेको र अझ सुधार गर्न सुझाव दिए । मुस्कान सहितको सेवाले धेरै प्रगति हुनुका साथै विरामीमा पनि राम्रो सन्देश जाने बताउदै दरबन्दी, साधानस्रोत र समयमा पैसा निकासा नभएको समस्याका बारेमा सम्बन्धित निकायमा पहल गर्ने बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope