हाम्रा अगाडि चुनौती छन् तर कांग्रेस सकिसक्यो भन्ने होइनः उदय राणा


सिन्धुली, १३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले कांग्रेस सम्हालिएर अगाडि बढ्ने बेला आएको बताएका छन्। 

 

शुक्रबार सिन्धुलीमा पार्टीका नेता कार्यकर्तासँगको अन्तर्क्रियामा उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सामान्य रुपमा लिन नहुनेमा जोड दिँदै कांग्रेस पनि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए । 

 

उनले भने,  ‘नयाँ पार्टीहरुको उदयलाई सामान्य रुपमा लिनुहुन्न । तर अब सबै सकिइसक्यो भनेर अत्तालिनुपर्दैन । सम्हालिएर हिड्ने समय आएको छ । हाम्रो काम गर्ने तरिका बदल्नुपर्छ ।’ 

 

पूर्व अर्थराज्यमन्त्री एवं कांग्रेस नेता राणाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई व्यवस्थित बनाएर संगठनलाई सक्रिय बनाउनुपर्ने बताए । उनले नेतृत्व परिवर्तनको कुरा गरेर मात्रै नहुने स्पष्ट पारे । 

 

‘नेतृत्व परिवर्तन भनेर मात्रै हुँदैन । हामी सबै पार्टीको वडा तहदेखि नै निर्वाचित भएर आएका हौं । पार्टीभित्र गुट उपगुट हुन्छन् । आन्तरिक प्रतिस्पर्धाले नै पार्टीलाई जिवन्त बनाउने हो । तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ । वडादेखि केन्द्रसम्म हामी सबैले जिम्मेवारीवोध गरेर संगठनलाई चलायमान बनाउनुपर्छ,’ उनले भने ।  उनले कांग्रेस एकतावद्ध भए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope