अक्षर पाठशालाका प्रिन्सिपलले विद्यार्थीलाई मरणासन्न हुने गरी गरे कुटपीट


मुकेश कुमार यादव /सिरहा, १४ असोज। सिरहाको मिर्चैया नगरपालिका स्थित एक निजी विद्यालयका संस्थापक प्रिन्सिपलले विद्यार्थीलाई मरणसन्न हुनेगरी कुटपीट गरेका छ।

 

मिर्चैया नगरपालिका ७ मा रहेको अक्षर पाठशालाका संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोले कक्षा ६ मा अध्ययनरत मिर्चैया १० महेशपुरका विजय कुमार मण्डलका छोरा विशाललाई मरणासन्न हुनेगरी कुटपिट गरेका हुन्। 

शिक्षकको कुटाईबाट पीठियूँभरी निलडाम भएका मण्डलको मिर्चैयास्थित मंगलम हेल्थ केयर प्रा.लि.मा उपचार भईरहेको छ। उनलाई प्लास्टिकको पाईपले अन्धाधुन्ध रुपले कुटपीट गरेको एक प्रत्यक्षदर्शि विद्यार्थीले सुनाए। कुटाईका कारण विद्यार्थीको पीठियूँभरी निलडाम भएको छ।  

शुक्रवार विद्यालयबाट घर फर्किएपछि बेलुका रोईरहेको अवस्थामा सोधखोज गर्दा पिठियू भरी निलडाम देखिएपछि तत्काल उपचारको लागि अस्ताल ल्याईको उनका काका अजय मण्डलले जानकारी दिए।  उनले भने, ‘सन्चो नभएर तीन चार दिनदेखि विद्यालय गएको थिएन, शुक्रवारमात्रै विद्यालय गएको थियो। विद्यालयबाट फर्केर घर आए पछि बेलुका आमालाई देखेर सुकसुकाउन थालेपछि सोधखोज गर्दा यस्तो अवस्था देखियो। हामीले तत्कालै अस्पताल ल्याएँ। अहिले उपचार भईरहेको छ।’

के कारणले कुटपीट गरेको हो आफूहरुलाई केही थाहा नभएको विशालका काकाले बताए। उनले भने, ‘मैले अजस्था देख्ने वित्तकै अस्ताल ल्याएँ, यस्तोविधि किन कुटेको हो मैले थाहा पाएको छुइँन्।’

विद्यार्थीलाई विद्यालयमा पढ्न पठाएको हो। यसरी बालकलाई मरणासन्न हुनेगरी कुटपीट गर्नु अपराध भएको स्थानीय अशोक मण्डलले बताए। 

यस सम्वन्धमा विद्यालयको संस्थापक प्रिन्सिपल चन्द्रदिप महतोसँग बुझ्दा उनले गृहकार्य नगरेको र बदमासि गरेकाले कुट्नु परेको बताए। उनले भने, ‘गृहकार्य पनि गरेको थिएन्, अलिक बदमासी पनि गरेकोले आबेगमा आएर मैले कुटेको हुँ, म बाट गल्ती भयो।’

प्रिन्सिपल महतोले आफूबाट गल्ती भईसकेकोले घटनालाई उच्छाल्ने भन्दा मिलाउने तिर सोच्न आग्रह गरे। 

कुटपीट गर्ने शिक्षक विरुद्ध प्रहरीमा उजुरी गर्ने तयारी भईरहेको छ। मण्डलका बुवा बैदेशिक रोजगारीमा छन्।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope